काठमाडौं । विश्वप्रसिद्ध जापानी कार उत्पादक, सुबारुद्धारा निर्मित दुई नयाँ मोडलका गाडीहरु नेपाली बजारमा सार्वजनिक गरेको छ ।
नेपालको लागि सुबारुको आधिकारीक बितरक विजय मोटर्स प्रालीले आज २.० क्रसट्रेक हाइब्रिड आइसाईट र २.५ आउटब्याक द्वरिङ्ग आइसाईट लाई सार्वजनिक गरेको हो।
सार्वजनिक भएका यि दुई भेरियन्टका सवारीसाधनले जापानी कम्पनी सुबारु कर्पोरेशन द्वारा आविश्कार गरिएको पछिल्लो अत्याधुनिक अटोमोबिल प्रविधि, सुरक्षा, दिगोपना र कार्यक्षमतालाई प्रतिनिधित्व गर्दै साहसिक कार सवारीको नयाँ मापदण्ड तय गर्ने बताइएको छ ।
सुबारूको हाइब्रिड क्रसट्रेकमा २.० लिटर बक्सर फोर सिलिण्डर पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर प्रदान गर्छ । यसको हाइब्रिड टेक्नोलोजीको कम्बाइन रेन्ज प्रति ६.५ लिटर पेट्रोलबाट १०० किलोमिटर रहेको छ ।
विजय मोटर्सको प्रालीको प्रबन्ध निर्देशक एनि गार्डनर बैद्यले कम्पनीको नक्सालस्थित सुन शोरुममा गाडीहरु बिक्रीवितरणको लागि राखिएको बताउँदै दुबै मोडलका गाडीहरुको सुरुवाती मूल्य करोड ६९ लाख भएको जानकारी दिइन्।
इलेक्ट्रीक मोटरको पावर भने १२.३ किलोवाट मात्रैछ । यी दुबै मोटर्सको संयुक्त पावर १२२ किलोवाट छ । अल ह्वील ड्राइभमा उपलब्ध यो क्रसओभर एसयूभीको टर्निङ सर्कल १०.८ मिटर रहेको छ ।
चालकसहित पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने गाडीमा २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको लम्बाइ ४४९५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २६७० एमएम लामो ह्वीलवेस दिइएको छ ।
FACEBOOK COMMENTS