काठमाडौं । साउन महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले सवा ३ लाख वटा बिमालेख जारी गरेर १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा कम्पनीले साउन महिनामा ३ लाख २२ हजार ७६८ वटा बिमालेख जारी गरेर १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका हुन् ।
साउन महिनामा बिमा कम्पनीले प्रथम बिमा शुल्क बापत २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ आर्जन गरेका छन् भने वैदेशिक रोजगार बिमाशुल्क २४ करोड ७२ लाख रुपैयाँ आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी बिमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । नेपाल लाइफले ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।
यस्तै दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले एक महिनामा २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले एक महिनामा २ अर्ब ७ करोड ८० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
साउनमा एशियन लाइफले ९२ करोड ७३ लाख रुपैयाँ, सिटिजन्स लाइफले ७६ करोड ४१ लाख, सुर्यज्योति लाइफले १ अर्ब १२ करोड ९३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
साउनमा आइएमई लाइफ इन्स्योरेन्सले ५४ करोड २७ लाख, सन नेपाल लाइफको ४४ करोड ८७ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड २५ लाख, रिलायबल नेपाल लाइफले ४९ करोड ९७ लाख, सानिमा रिलायन्स लाइफले ६७ करोड ५९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
मेट लाइफले ५० करोड ५५ लाख, हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ५८ करोड ७४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
FACEBOOK COMMENTS