काठमाैं । नेपालमा यस वर्ष मनसुन लम्बिने भएको छ । मनसुन लम्बिएर दसैंसम्मै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
यस वर्ष मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन पर धकेलिने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार मंगलबारदेखि दसैंसम्म पानी पर्ने सम्भावना छ ।
नेपालमा सामान्यतया असोज १६ मा मनसुन बाहिरिने गर्छ । यसपटक लम्बिएर असोज २१ गतेसम्मै पुग्ने पूर्वानुमान गरिएको हो ।
सामान्यतया मनसुन भित्रिने र बाहिरिने मितिमा चार-पाँच दिन फरक पर्छ । यसपटक सरदर मितिभन्दा पाँच दिन पर धकेलिने देखिएको हो ।
नेपालमा यस वर्ष सरदरभन्दा तीन दिन छिटो गरी जेठ २८ मा मनसुन प्रवेश गरेको थियो ।
FACEBOOK COMMENTS