काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र करसहित १०.७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
कम्पनीले सभाका लागि असोज २ गते बुक क्लोज गरिसकेको छ । भदौ ३१ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् । सभा अर्पण ब्याकेंट, थापागाँउ, नयाँ बानेश्वरमा हुनेछ ।
FACEBOOK COMMENTS