काठमाडाैँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३१.४८अंकले बढेर २ हजार ६९९.६६ विन्दुमा आइपुगेको छ । यो कारोबार दशैंपछिको पहिलो कारोबार हो । दशैंपछिको पहिलो कारोबारमा लगानीकर्ताहरु उत्साहित भएका छन् ।दशैं अघि निरन्तर भारी अंकले घटेको शेयर बजारमा लगानीकर्ता उत्साहित भएर लगानी बढाएका छन् । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०७ कम्पनीको ६४ १७ हजार कित्ता शेयर किनेबेचहुँदा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार गर्ने कम्पनीमा गूडवेल फाइनान्स, नेपाल फाइनान्स,हिमालयन रिइन्योरेन्स,सिइडीबी हाइड्रोपावर,एनआरएन इन्फाष्ट्रचरको ८ करोड रुपैयाँदेखि १८ करोडरुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै बढेको बजारमा दुई कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । जानकी फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । त्यस्तै मल्टीप्रपोज फाइनान्स मृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य ६.८४ प्रतिशतदेखि १० प्रतिशतले बढेको छ ।
बढेको बजारमा मिडसोलु हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै,युनाटेड मोदी हाइड्रोपावर,युनिलिभर नेपाल,सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३.६२ प्रतिशतदेखि पाँच दशमलव २५ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS