काठमाडौं । ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा बहालवाला सांसद दीपक मनाङे उर्फ राजीव गुरूङ कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागार चलान गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार बिहान काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको थियो । पक्राउपछि अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेस गरिएसँगै उनी जेल चलान भएका हुन् ।
कात्तिक २० गते सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै ५ वर्ष कैद सजायको फैसला सदर गरेको हो ।
२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङे दोषी ठहर भएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत पाटन) को फैसलालाई गत मंगलबार सदर गरेको हो ।
मनाङे यसअघि नै २ वर्ष ८ महिना जेल बसिसकेका छन् । ५ वर्षमा २ वर्ष ८ महिना घटाउँदा अब उनी २ वर्ष ४ महिना जेल बस्नुपर्ने छ ।
FACEBOOK COMMENTS