काठमाडाैँ। मान्छेको जात सौखिन हुन्छ, उसलाई खान एकै स्थानमा कहिल्यै रुचि हुँदैन । फरक फरक वातावरणमा उसले खानाको स्वादलाई लिएर आनन्दको अनुभूति गराउन चाहान्छ । यस्तै आनन्द विलासितामा रमाउने व्यक्तिहरुलाई लक्षित गर्दै काठमाडौंको स्क्वायर होटल विराजमान अवस्थामा छ ।
होटलको छतमा अवस्थित छ पेबल्स टेरेस गार्डेन । यो आफैमा एउटा सुन्दर मनोरम प्रकृतिको अवशेष जस्तो लाग्छ । एक पर्यटक त्यो सुन्दर बगैँचाको प्रशंसा गर्दै भन्छन्,‘ यो प्रकृतिको सुन्दर एउटा टुक्रा हो, यहाँबाट शहर चिह्याउन कुनै धरहराको जरुरत पर्दैन ।’
होटलका महाप्रबन्धक विकास पौड्यालले यस पेबल्स टेरेस गार्डेनमा बसेर शान्त साँझ बिताउन, रमाइलो लन्च गर्न, वा नजिकको उत्सव मनाउन उत्तम स्थान भएको बताउँछन् । उनि भन्छन्,‘ यो बगैँचामा बसेर प्राकृतिक माटोको सुगन्ध सास फेर्न बगिरहेको पानीको मधुर आवाज सुन्न र पेय पदार्थ लिन, स्वादिष्ट परिकार बाँड्न, र उत्सव मनाउन आग्रहको पहिलो रोजाइँ बनेको छ ।’
स्क्वायर होटलको बैंक्वेट हलमा आयोजना गरिएका कार्यक्रमहरूको लागि पेबल्स एक आदर्श भोजन स्थल बन्दै आएको होटल प्रबन्धक पौडेलले बताए । उनका अनुसार १५० जनासम्म पाहुनाहरूको व्यवस्थापन गर्न सकिन्छ । उनि भन्छन्,‘ हाम्रो स्टाफले व्यक्तिगत सेवा प्रदान गर्दै प्रत्येक अनुभवलाई विशेष बनाउन कार्यक्रम वा भोजन अनुभवलाई अविस्मरणीय बनाउँन भरपूर सहयोग गर्ने वातावर बनेको छ ।’
पेबल्स टेरेस गार्डेनमा विभिन्न प्रकारका अनौठो भोजन अनुभव लिन सकिन्छ । ताजा र मौसमी सामग्रीहरू समावेश भएको हाम्रो विविध मेनु कक्टेल, वाइन, र मक्कटेलको विशेष चयनले आन्तरिक पर्यटकलाई अझ रोमाञ्चक बनाउनु भूमिका खेलेको होटलको दाबी छ ।
FACEBOOK COMMENTS