काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला छ सय रूपैयाँले घटेर एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँले बढेर एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा किनबेच भएको थियो ।
FACEBOOK COMMENTS