काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांंश नियामक नेपाल राष्ट्र बैंक र सिद्धार्थको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले आर्थिक वर्ष २०७९–८० मा भने ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS