काठमाण्डौँ – लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ अध्यापन गराउने कलेजलाई सम्बन्धन दिएको छ ।
यही विश्वविद्यालयले लुम्बिनी इन्टरनेसनल एकेडेमी अफ साइन्सलाई इन्जिनियरिङको सम्बन्धन दिएको छ ।
विवाद भएपछि सरकारले छानबिनका लागि समिति बनायो, समितिले अधिकारबाहिर गएर सम्बन्धन नदिन विश्वविद्यालयलाई सुझाबसमेत दियो ।
तर, सम्बन्धन खारेज भएको छैन, कलेजले पढाइरहेको छ ।
कलेजले इन्जिनियरिङका लागि शिक्षा मन्त्रालयबाट लिनुपर्ने मनशायपत्रसमेत नलिई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मात्र गरेन, २०७२ बाट कक्षा चलाइरहेको रजिस्ट्रार तिलकराम आचार्य बताउछन ।
गत ९ साउनमा बसेको विश्वविद्यालय सभाले मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतका कार्यक्रम सञ्चालन गर्न पाउने निर्णय पारित गरेको छ ।
–नयाँ पत्रिका
FACEBOOK COMMENTS