काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ८४ दिनपछि प्रहरीले रिहा गरेको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीनिज राईले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेशका गरेका थिए । धरौटी बापतको बैक ग्यारेन्टी बुझाएपछि उनलाई रिहा गरिएको हो ।
रवि लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासत मुक्त गरेको हो ।
उनलाई पोखरा स्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात प्रहरीले प्रक्रिया पुर्याएर परिवारलाई जिम्मा लगाइन् भएको छ ।
FACEBOOK COMMENTS