सिरहा । समृद्धि फाइनान्सले कसहा शाखाबाट न्यानो कपडा वितरण कार्यक्रमअन्तर्गत शाखा कार्यालय आसपासको धनगढीमाई नगरपालिका-६, ७ र ८ का अति विपन्न, असहाय जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण गरेको छ ।
कार्यक्रममा धनगढीमाई-६ का वडा अध्यक्ष भगलु महतो, ७ का वडा अध्यक्ष विजयकुमार महतो, ८ का अध्यक्ष रामभरोश महतो, पद्मोदय फाउण्डेशनका सचिव राजकुमार महतो, नेपाल रेडक्रस सोसाइटी शाखा धनगढीका अध्यक्ष गंगाराम यादव साथै वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।
यस कार्यक्रमले न्यून आय भएका स्थानीयले आफूहरूलाई जाडोमा ठूलो राहत पुगेको भन्दै फाइनान्सलाई धन्यवाद दिए ।
कसहाका शाखा प्रबन्धक प्रदीप महतोले कार्यक्रममार्फत २५ जना अति विपन्न र असहाय ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS