काठमाडाैँ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा पेश भएका छन् । प्रहरीले उनलाई कार्यालय खुलेसँगै अदालतमा हाजिरी गराएको हो ।
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन बयान सकिए पनि थुनछेक बहस नहुँदा न्यायिक हिरासतमा पठाइएका थिए । सोमबार थुनछेक बहस भयो । तर, जाहेरवाला पक्षका कानुन व्यवसायीको बहस सकिएन ।
अदालतले कार्यालय समयभन्दा बढी बहस नगराएपछि रवि पुनः न्यायिक हिरासतमा पठाइए । मंगलबार सार्वजनिक बिदा भएकाले उनी हिरासतमै राखिए । आज पुनः थुनछेक बहस निरन्तर हुँदैछ । प्रतिवादीहरुको बयान र सरकारी वकिलहरुको जवाफी बयानपछि संम्भवत आज हिरासतमा पठाउने वा धरौटी रकममा छुट्ने भन्ने फैसला आउने छ ।
FACEBOOK COMMENTS