काठमाडाैं । चिनियाँ अटोमोबाइल कम्पनी नेटा अटोले थाइल्यान्डमा २०२४ को न्यू इनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउदैँ आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रूपमा आफ्नो उपस्थितिलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।
नेपालको सन्दर्भमा पनि नेटाको बिक्री तुलनात्मक रूपमा बढ्दै गइरहेको छ भने नेपालमा नेटा अटोका ब्रान्डहरूलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रीपछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिदै आएको बताइएको छ । नेपालका लागि नेटा ब्रान्डको आधिकारिक वितरक सीजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरू नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (ईभी) चाहने व्यक्तिहरूका लागि एक महत्त्वपूर्ण विकल्प हो । यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तीव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भीको २० मिनेटको चार्जमा ३०% बाट ८०% सम्म ब्याट्री चार्ज हुन्छ । यसमा एकल चार्जमा ३८०+ किमि दायरा छ र यो सीएटीएलका लिथियम आइरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०,००० किमि वारेन्टी छ ।
नेटा एक्स एकल चार्जमा ५०० किमिसम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ । सीएटीएलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १,८०,००० किमि वारेन्टीका साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ । यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयूभीको रूपमा आकर्षक विकल्प बनाउँछ ।
FACEBOOK COMMENTS