काठमाडाैँ । धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति बैठक आज बस्दै छ । बैठकमा नयाँ स्टक एक्सचेन्जको अनुमति पत्र प्रदान गर्ने विषयमा छलफल हुने जनाइएको छ । शुक्रबार अर्थ मन्त्रालयबाट आएको पत्रबारे छलफल हुने बैठकमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढ्न लागेको बोर्डका एक अधिकारीले बताए । उनले भने,‘ आजको मुख्य एजेन्डा नै नयाँ स्टकको अनुमति हुने जनाएको छ ।’
हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज नयाँ स्टक एक्सचेन्जको दौडमा छन् । यी तीनमध्ये एउटा लाई नयाँ स्टक एक्सचेन्जका लागि अनुमति प्रदान गरिनेछ । नेशनल र हिमालयनमध्ये एउटालाई दिने तयारी छ जसमा हिमालयन दिपक भट्ट समूह र एनआरएनबीचको शेयरमा जानेगरी हिमालयनलाई दिनेगरी तयारी अघि बढाइको जनाइएको छ ।
यस्तो छ कानुनी ब्यवस्था ?
‘धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका २०७९’ को बुँदा ७ ले बुँदा नम्बर ६ बमोजिम सिफारिस बोर्डले योग्यता क्रमको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्नेलाई धितोपत्र बजार सञ्चालन गर्न सङ्गठित संस्था संस्थापना गर्न सिफारिस प्रदान गर्ने व्यवस्था गरेको छ । बुँदा नम्बर ६ को (३) अनुसूची ५ बमोजिमको आधारमा अङ्क प्रदान गर्ने कुरा उल्लेख गरेको छ ।
अनुसूची ५ मा जाँचबुझ तथा मूल्याङ्कनका आधारमा विस्तृत व्यावसायिक कार्य योजनाका लागि ६० पूर्णाङ्क, पुँजीका लागि ८ पूर्णाङ्क, प्रस्तावित संचालकहरूको अनुभव तथा शैक्षिक योग्यताका लागि ८ पूर्णाङ्क र कारोबार प्रणाली तथा प्रविधि सम्बन्धीका लागि २४ पूर्णाङ्क गरी कुल १०० पूर्णाङ्क प्रदान गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बोर्डले नयाँ स्टक एक्सचेन्जको अनुमति पत्र प्रदान गर्ने प्रक्रिया अघि बढाउने छ । बोर्डले तीन स्टक एक्सचेन्जहरूमध्ये एकलाई लाइसेन्सका लागि सिफारिस मात्रै गर्ने हो ।
FACEBOOK COMMENTS