काठमाडौं । नेपाल एसबीआई बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरूप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरूको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरू गोप्य राख्ने साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूका बारेमा अद्याबधिक रहने प्रतिज्ञा गरेका छन् । ‘डाटा गोपनीयता दिवस’ का अवसरमा बैंकका कर्मचारीहरूले यस्तो प्रतिज्ञा गरेका हुन् ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले प्रधान कार्यालय काठमाडौंमा सम्पूर्ण कर्मचारीहरूलाई एक कार्यक्रमका बीच प्रतिज्ञा गराए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले समेत आ-आफ्ना कार्यालयहरूमा प्रतिज्ञा लिएका थिए ।
हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटीएमबाट आफ्ना आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS