काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिवी नेपालले सरकारको ‘सर्पोट विना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन् ।
स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाई थियो । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल डिस्कसनमा बोल्दै नेपालले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाटनै हुनुपर्ने बताए ।
स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलियत कर्जा बढाउनु पर्ने बताए । सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS