काठमाडौं । एमएमबि क्यापिटलले आजदेखि म्युचुअल फन्ड योजना निष्कासन गरेको छ ।
एनएमबि म्युचुअल फन्ड अन्तर्गत ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को १२ करोड इकाई निष्कासन गरेको हो । यसमा प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन सकिने छ ।
जसमा १ करोड ६८ लाख इकाई कोष प्रवर्धक एनएमबि बैंक र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि रहेको छ । १० करोड २० लाख इकाई सर्वासाधरका लागि रहेको छ ।
यसमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ ।
न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको अवधि १० वर्ष रहेको छ ।
FACEBOOK COMMENTS