काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले फागुन १३ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनका लागि माघ ३० गतेदेखि बुक क्लोज रहेको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS