काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
अध्यक्षका लागि १२ जनाले आवेदन दिएका थिए । आवेदन दिनमध्येबाट ५ जनाको नाम छनोट भएको थियो । शनिबार ५ जनाको अन्तवार्तापछि ३ जनाको नाम सर्ट लिस्ट गरेर अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको थियो ।
जसमा स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक दामोदर बसौला, पूर्वसचिव एवं कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी र ओझा रहेका थिए । सरकारले ओझालाई अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरेको छ ।
FACEBOOK COMMENTS