काठमाडौँ । विश्वप्रसिद्ध मोबाइल ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन, “भिभो एक्स२०० प्रो” नेपालमा सार्वजनिक गरेको छ। यो स्मार्टफोन काठमाडौँ स्थित मक्र्युर होटेलमा आयोजित एक भव्य समारोहमा लन्च गरिएको हो, जहाँ राष्ट्रिय र क्षेत्रीय वितरक, अफिस स्टाफ, तथा मिडियाकर्मीहरूको उपस्थितिमा नयाँ डिवाइसको अनावरण गरिएको थियो। कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर, पारस खड्काले भिभो एक्स२०० प्रोको अनावरण गरे, जसले स्मार्टफोन प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे।
भिभो एक्स२०० प्रोले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क राख्दै, जाइस् (Zeiss) को सहकार्यमा उत्कृष्ट फोटो क्वालिटी, शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनको साथ यसलाई पेश गरेको छ। भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले लन्च कार्यक्रममा भने, “भिभो एक्स२०० प्रो एक स्मार्टफोन हो जुन उच्चतम प्रविधिको उपयोग गर्नेहरूका लागि ल्याइएको हो, यसले स्मार्टफोनको परिभाषा नै बदल्नेछ।”
यस स्मार्टफोनको इमेजिङ प्रणालीलाई जाइस् र भिभोको सहकार्यमा विकसित गरिएको छ, जसले स्मार्टफोन फोटोग्राफीमा नयाँ क्रान्ति ल्याउने विश्वास गरिएको छ। २०० मेगापिक्सेल जाइस् एपीओ क्यामेरा उच्च गुणवत्ता भएको तस्वीर अनुभव प्रदान गर्छ। जाइस् टि स्टार कोटिङका कारण जुम गरिएका तस्वीरहरूमा रंग सन्तुलन कायम राखिन्छ र तिनीहरूलाई अझ उत्कृष्ट बनाइन्छ। यसमा पोट्र्रेट, हाइपरजुम, म्याक्रो, नाइटस्केप र सनसेट मोडजस्ता फिचरहरू छन्, जसले फोटोग्राफी प्रेमीहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ।
भिभो एक्स२०० प्रोको क्यामेरामा १÷१.४ इन्च सेन्सर र फ्लोटिङ पेरिस्कोप प्रणाली पनि समावेश गरिएको छ, जसले टाढाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्षम बनाउँछ। यसमा जाइस् सिनेमाटिक पोट्र्रेट भिडियो क्षमता, १२० एफपीएस स्लो मोसन र ४के ६० एफपीएस डल्बी भिजन सपोर्ट जस्ता विशेषताहरूले भिडियो अनुभवलाई आकर्षक र प्रभावशाली बनाउँछ।

अत्याधुनिक मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटमा आधारित भिभो एक्स२०० प्रोले उच्च कार्यक्षमता प्रदान गर्छ। १२-कोर जीपीयूले गेमिङ अनुभवलाई पनि अत्यधिक प्रभावकारी बनाउँछ। यसमा ६००० एमएएच ब्याट्री समावेश गरिएको छ, जसको साथ ९० वाट फास्ट चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सुविधा उपलब्ध छ। यसको चिसो तापक्रममा पनि उत्कृष्ट ब्याट्री प्रदर्शन सुनिश्चित गर्ने विशेषता पनि रहेको छ, जसमा तेस्रो-पुस्ताको सिलिकन एनोड प्रविधि र सेमी-सोलिड ब्याट्री टेक्नोलोजी प्रयोग गरिएको छ।


भिभो एक्स२०० प्रो एआई सक्षम स्मार्टफोनको रूपमा डिजाइन गरिएको छ। यसमा गुगल जेमिनी एआई प्रविधि समावेश गरिएको छ, जसले इमेल लेखन र सिकाइका अवसरहरूलाई सहज बनाउँछ। एआई नोट असिस्ट, एआई ट्रान्सक्रिप्ट असिस्ट र सर्कल टु सर्चजस्ता सुविधाहरूले खोजी प्रक्रियालाई तीव्र बनाउँछन्, जबकि एआई ईरेज, फोटो इन्हान्स र शेडो रिमूवलले फोटो सम्पादनलाई सरल र प्रभावकारी बनाउँछ। फनटच ओएस १५ मा सञ्चालित यस स्मार्टफोनमा डेडिकेटेड सुरक्षा चिप पनि राखिएको छ, जसले लक स्क्रिन पासवर्ड र बायोमेट्रिक डाटा सुरक्षित राख्छ।
भिभो एक्स२०० प्रोको प्री-बुकिङ ५ मार्चसम्म खुला रहनेछ, र यसको मूल्य रु. १,८४,९९९ निर्धारण गरिएको छ। प्री-बुकिङ गर्ने ग्राहकहरूलाई रु. १०,००० क्यासब्याकको सुविधा प्रदान गरिनेछ। यो स्मार्टफोन ६ मार्चबाट नेपालका आधिकारिक स्टोरहरू तथा दराज अनलाइनमार्फत बिक्रीमा आउनेछ।
प्रख्यात युट्युबर तथा प्रविधि विज्ञ मिस्टर हुइजदबोसले भिभो एक्स२०० प्रालाई ‘सर्वश्रेष्ठ क्यामेरा’, ‘सर्वश्रेष्ठ ब्याट्री’ र ‘ओभरअल च्याम्पियन’ उपाधि प्रदान गरेका छन्। आधुनिक प्रविधि, उच्च सुरक्षा र उन्नत फोटोग्राफी क्षमतासहित, भिभो एक्स२०० प्रो नेपाली बजारमा एक उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS