काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले यो निर्णय सुनाएको हो ।
यो मुद्दामा १४ जना संलग्न रहेको आरोप लागे पनि झा र खनालबाहेक प्राधिकरणका अन्य कर्मचारीले भने सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार छलेर ल्याइएका मोबाइल सेट निष्क्रिय गर्ने उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै पुस २०८० मा मुद्दा दायर गरेको थियो ।
अख्तियारले ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरे पनि विशेष अदालतले भुक्तानी भएको २३ लाख २० हजार रुपैयाँलाई मात्र भ्रष्टाचार ठहर गर्दै सोहीअनुसार विगो कायम गरेको छ ।
मुद्दामा मलेसियाको न्यूमेरा कम्पनी, नमस्ते ग्लोबल सिंगापुर र ओएसआई डिजिटल इण्डियामाथि पनि आरोप लगाइएको थियो, तर ती कम्पनीबाहेक अन्यविरुद्धको आरोप प्रमाणित हुन सकेन ।
FACEBOOK COMMENTS