काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर एमालेका नेता विष्णु रिमालले राख्न लगाएको पाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरूको र्यालीमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका विष्णु रिमालले योगी आदित्यनाथको तस्बिर राख्न लगाएको दाबी गरेका हुन् ।
आज सोमबार सामाजिक सञ्जालमार्फत शाहीले नेता विष्णु रिमाललाई मेन्सन गर्दै भनेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ । नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्ता कुकर्म गर्न थालेछन् छि… छि…।’
यस्तै उनले विदेशीको एजेण्डामा पार्टी चलाइरहेकाहरूले ठूलो कुरा गरेको नसुहाउने तर्क र प्रश्न गर्दै अगाडि लेखेको छन्, ‘विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? मार्क्स, लेलिन, माओ कुन देशका हुन ?’
पढ्नुहोस् यी समाचारहरू पनि–
पूर्वराजाको र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर, को हुन् प्रदीपविक्रम राणा ?
पूर्वराजा शाहलाई स्वागत गर्न विमानस्थल पुगे राप्रपा अध्यक्ष लिङ्देन
FACEBOOK COMMENTS