काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीलाई ‘मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्ति’ भएको बताएका छन् ।
पूर्वराजाको स्वागत र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर राख्न लगाएको आरोपबारे प्रतिक्रिया जनाउँदै नेता रिमालले ज्ञानेन्द्र शाहीको भ्रममा कोही पनि नपर्न आग्रह गरेका छन् ।
‘डिस इन्फरमेसनको सहारामा एक्सिडेन्टल्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो । यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नु छैन । कसले कहॉ के गर्दैछ– समाचार त आएकै छ नि !’
यस्तै उनले शाहीलाई ‘काँक्रा चोर’को संज्ञा पनि दिएका छन् । काँक्रा चोरहरूले काँक्रा चोरेर पोल खुल्ने डरले बियाँ अर्काको गालामा टाँस्ने गरेको चर्चा गर्दै राजावादीहरूले भारतीयहरूको आडमा नेपालमा अशान्ति फैलाउन खोजिरहेको सङ्केत गरेका छन् । रिमालले लेखेका छन्, ‘कॉक्रा चोरहरू– कॉक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियॉ टॉसी कुलेलम ठोक्छन् ! दलालहरू— पहिले दलाली गर्छन् दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् !’
रिमालको यो अभिव्यक्तिअघि राप्रपाका शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर एमालेका नेता विष्णु रिमालले राख्न लगाएको दाबस्ी गर्दै फेसबुक स्टाटस लेखेका थिए । ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ । नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्ता कुकर्म गर्न थालेछन् छि… छि…,’ शाहीको दाबी थियो ।
यो पनि पढ्नुहोस्–
‘पूर्वराजाको स्वागत र्यालीमा एमालेका विष्णु रिमालले योगी आदित्यनाथको तस्बिर राख्न लगाए’
FACEBOOK COMMENTS