काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङ कानुनी उपचार खोज्दै सर्वोच्च अदालत पुगेका छन् ।
कार्यकाल नसकिँदै र गैरकानुनी रूपमा आफूलाई पदमुक्त गरिएको दाबी गर्दै घिसिङले सर्वोच्चमा निवेदन दिएका हुन् ।
सरकारको निर्णय बदर गरी आफूलाई पुनर्बहाली गर्नुपर्ने उनको माग छ ।
उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतलाई विपक्षी बनाएका छन् ।
FACEBOOK COMMENTS