काठमाडाैं । लगातार चार दिन रेकर्ड बनाएर बढेको सुनको मूल्य आज भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।
योसँगै प्रतितोला छापावाल सुनको मूल्य १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS