काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।
बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र कांग्रेसबाट सांसद सरिता प्रसाईं सहभागी छन् ।
प्रतिनिध सभा बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभा बेठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
सरकारले जेठ १५ गते बजेट ल्याउने तयारी गरिरहेको छ र यसका लागि आवश्यक छलफल र तयारी भइरहेको छ।
FACEBOOK COMMENTS