काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यीक्षकरणको रिटमा आज बुधबार पनि सुनुवाइ हुँदै छ ।
हिजो मङ्गलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको गत चैत २२ गतेको आदेशानुसार लामिछाने हाल भैरहवा कारागारमा थुनामा छन् । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा राखिएको हो ।
आफ्ना पति लामिछानेलाई गैरकानुनी थुनामा राखिएको जिकिर गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
FACEBOOK COMMENTS