काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।
साताको चाैथाे काराेबार दिन सुन आज तोलामा ५००० ले बढेर १ लाख ८९ हजार ८०० रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ८९हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुन १ लाख ८४ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यसैबीच चाँदीको मूल्य पनि बढेकाे छ। मंगलबार तोलामा १ हजार ९ सय ४० रूपैँया कायम भएको चाँदी आज १ हजार ९ सय ९० रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS