काठमाडौं । शनिबार चारधाम केदारनाथ जाँदै गरेको हेलिकप्टर हाइवेमा आपतकालीन अवतरण गरेको छ ।
उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा पर्ने सिरसी नजिकको भरासू हेलीप्याड नजिक यो घटना घटेको हो ।
केदारनाथ धामतर्फ उडिरहेको केस्ट्रेल एभिएसन कम्पनीको हेलिकप्टरले टेकअफ गरे लगत्तै पाइलट अवतरण गरेको हो ।
हेलिकप्टरको कलेक्टिभ कन्ट्रोल सिस्टममा गडबडी भएको बताइएको छ ।
अवतरणको क्रममा हेलिकप्टरको पछिल्लो भाग सडकमा पार्क गरिएको एक सवारीसंग ठोक्किएको छ । गाडी पूर्ण रूपमा क्षति भएको छ ।
हेलिकप्टरमा ५ जना तीर्थयात्री सवार थिए । सबै सुरक्षित रहेका छन् ।
पाइलटलाई कम्मरमा चोट लागेपछि अस्पताल भर्ना गरिएको छ। हेलिकप्टरको पछाडिको भाग गाडीमा ठोक्किँदा गम्भीर क्षति भएको छ।
FACEBOOK COMMENTS