काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार पहाडीका साथै टेलिकमकै पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसमेत गरी १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेत थिए ।
नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको हो । प्रतिवादीहरूबाट अख्तियारले ३३ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
FACEBOOK COMMENTS