काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसहरूलाई अमेरिकाकाे यात्रामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको आदेश आजदेखि कार्यान्वयनमा आएको छ ।
प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् ।
यीबाहेक ७ देशका नागरिकहरूमा पनि आंशिक प्रतिबन्ध लगाइएको छ । यो आप्रवासन र गैर–आप्रवासन भिसा दुवैमा लागू हुनेछ, जसमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला छन् ।
अमेरिकी विदेश विभागका अनुसार पूर्ण प्रतिबन्धको अर्थ तोकिएको देशका अधिकांश नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण रोक हो । यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम भिसा र आप्रवासी भिसा खोज्ने व्यक्तिहरू समावेश रहेको विदेश विभागले जनाएको छ ।
अर्कोतर्फ, आंशिक प्रतिबन्धको अर्थ तोकिएको देशका नागरिकहरूका लागि केही विशिष्ट प्रकारका भिसा वा प्रवेश प्रतिबन्धित हुनेछन् ।
साथै, ट्रम्पले अन्य देशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधान रहन पनि आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS