काठमाडाैं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले कार्यबाहक (कामु) गभर्नरको जिम्मेवारी पाएका छन्।
गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्यान्डमा आयोजना हुने एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन विदेश जानुका कारण मिश्रलाई कामु गभर्नर तोकिएको हो।
गभर्नर नियुक्तिपछि डा. पौडेलको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो। उनी स्विट्जरल्यान्डमा हुने कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्न गएका हुन्।
उता, राष्ट्र बैंककी सिनियर डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना बंगलादेश भ्रमणमा रहेकी छन्। उनी पनि विदेशमा रहेकाले अर्थ मन्त्रालयले अस्थायी रुपमा गभर्नरको जिम्मेवारी मिश्रलाई दिने निर्णय गरेको हो।
FACEBOOK COMMENTS