काठमाडौं । सर्वोच्च अदालतले डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागी दुवै पक्षलाई असार १७ गते छलफलमा बोलाउने आदेश दिएको छ ।
डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।
रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।
डा. मुकुल ढकालको रिट न्यायाधीश रेग्मीको इजलासमा, रास्वपाको महामन्त्रीमा फर्केलान् ?
FACEBOOK COMMENTS