दाङ । दाङमा बाघको छालासहित तीनजना पक्राउ परेका छन् ।
जिल्लाको लमही नगरपालिका अन्तर्गतका वडा एरियामा वन्यजन्तु बाघको छाला (ओखेटोपहार) सहित तीनजना पक्राउ परेका हुन् ।
अवैध कारोबार भइरहेको गोप्य सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यलय लमहीका कार्यालय प्रमुख रोशन राज पाण्डेय कमान्डमा प्रहरी टोली सो कारोबारमा संलग्न व्यक्तिहरुको खोजतलास गर्दै जाने क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ खवरी गाउँका ४१ वर्षीया बिक्रम बुढा मगर, राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला बस्ने ५३ वर्षीय केशवराज सेन ठकुरी, बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर ४ पदनाह बस्ने ३३ वर्षीय अनिल थारु रहेका छन् ।
उनीहरुलाई आज आइतबार राती २ बजेतिर बिक्रम बुढा मगरकेो घरमा अवैध कारोबार भइरहेकस् अवस्थामा पक्राउ गरिएको हो । बुढा मगरको घर रीतपूर्वक खानतलासी गर्दा सोही घरको माथि तलामा रातो रङको प्लास्टिकको जेब्रा झोलाभित्र लुकाई छिपाई राखेको शिरदेखि पुछर सम्म ९ फिट २ इञ्च लम्बाइ ३ फिट २ इञ्च चौडाइ भएको पाटे बाघको छाला (ओखेटोपहार) एक थान बरामद गरिएको प्रहरीले बताएको छ । तीनैजनामाथि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS