काठमाडौं । नेकपा एमालेका स्थयी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता हाल ‘पेण्डिङ’ मा रहेको बताएका छन् ।
दुईदिन देखि चलेको पार्टी पोलिटव्यूरो बैठकका निर्णयहरु जानकारी गराउदै नेता गौतमले उनलाई अहिले नै पार्टी अध्यक्ष बनाइहाल्ने अवस्था नरहेको धारणा बैठकमा बोल्ने नेताहरुको रहेको जानकारी दिए । बैठकका निर्णयहरु पत्रकारहरु मार्फत सार्वजनिक गर्दै नेता गौतमले सो जानकारी दिए ।
‘पार्टी सदस्यता नविकरण र पार्टीमा सक्रिय हुने विषयमा पनि गम्भिरतापूर्वक छलफल भयो र अहिले नै हामी एउटा ठोस निष्कर्षम पुगिसकेका छैनौ । अधिकांस साथीहरुको भनाइ के छ त भन्दाखेरी यसरी राजकीय उच्च तहमा पुगेको,सर्वोच्च तहमा पुगेको,सेनाको परमाधिपति भइसकेको,संविधानको संरक्षक र पालकको हिसाबले् पनि राजनीतिमा सक्रिय हुने कुरा एउटा गम्भिर विषय हो ’ नेता गौतमले भने ‘यसमा पार्टीले आवश्यक परामर्श र छलफल गरेर एउटा उचित समयमा यसको निष्कर्ष दिने भनेर भनेको छ । सारमा अहिले नै उहाँलाई पार्टी अध्यक्ष बनाएर जाने कुरा निकै गाह्रो छ भन्ने छ । यसको पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ ।’
भण्डारीको सदस्यता नविकरण पेण्डिङ अवस्थामा रहेको उनले बताए । ‘पार्टी विधानको धारा ८ र ९ अनुसार उहाँको सदस्यता जहाँ छ त्यो स्थगत अवस्थमा छ’ गौतमले भने ‘यस विषयमा यो भन्दा ठुलो फोरममा छलफल गर्नेछौं । त्यो भनेको केन्द्रीय कमिटी पनि हुनेछ ।’
पूर्वराष्ट्रपति भण्डारीप्रति पार्टीले कुनै आग्रह वा दुराग्रह् राख्नुपर्ने परिस्थिती नभएको गौतमको भनाइ छ । भण्डारीलाई पार्टीले सम्मानित पदमा पठाएर जुन हैसियत दियो संविधानको संरक्षक र सेनाको परमाधिपति बनायो सम्पूर्ण चिजको केन्द्रमा गएको व्यक्ति भएकोले यसले हाम्रो प्रणालीमा के असर गर्छ भन्ने कुरा पनि ब्यापक छलफल भएको गौतमले जानकारी दिए ।
उनले पोलिटव्यूरो बाट यी सबै निर्णयहरु पर्सी पाँच गते बस्ने केन्द्रिय कमिटीको बैठकमा प्रष्तुत हुने पनि गौतमले बताए ।
FACEBOOK COMMENTS