काठमाडौं । सरकारले बढाएको श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक सङ्गठनले असहमति जनाएका छन् ।
विभिन्न सात मजदुर संगठनका नेताहरुले प्रेस विज्ञप्तिमार्फत आफ्नो संगठनको विमति रहेको बताएका हुन् ।
असहमति जाहेर गर्नेमा एकीकृत ट्रेड यूनियन महासंघ, नेपालका अध्यक्ष विष्णुप्रसाद लम्साल, समाजवादी ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष गोपाल राई, समाजवादी ट्रेड यूनियन महासंघका अर्जुन लम्साल, स्वतन्त्र ट्रेड यूनियन महासंघका अध्यक्ष युवराज विक छन् ।
यस्तै, असहमति जनाउनेमा पेसागत महासंघ नेपालका अध्यक्ष विकास नेपाल, राष्ट्रिय ट्रेड यूनियन महासंघका अध्यक्ष केशवराज अधिकारी, विष्णुप्रसाद पौडेल अध्यक्ष नेपाल समाजवादी ट्रेड युनियन महासंघले संयुक्तरूपमा विज्ञप्ति निकालेर विरोध जनाएका छन् । हरेक दुई वर्षमा हुनुपर्ने न्यूनतम बेतन वृद्धिमा सत्ताधारी दुईवटा सङ्गठनले मात्रै सहमति जनाएका छन् ।
उनीहरुले श्रमिकको पक्षमा नभई मालिकको हित हुनेगरी काम गर्नुले श्रमिकको सामान्य खर्च चलाउन पनि नपुग्ने अवस्था छ । हामीले सरकारी तल्लो स्तरको कर्मचारी सोसरह मजदुरको बेतनको माग गरेका हौँ । तर, सरकारले त्यसको विपरीत महङ्गी भत्ता भनेर २२ सय पारिश्रमिक वृद्धि गरेकाले मजदुर संगठनलाई मान्य नभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सत्ताधारी सङ्गठनको रबैयाले अन्य सङ्गठनलाई कमजोर र विभाजित गरि रोजगारदाता कम्पनी बलियो हुने छन् । यस्तो खाले प्रवृत्तिले श्रमिक वर्ग सधैं चेपुवामा पर्ने देखिन्छ । तसर्थ सम्पूर्ण मजदुर महासंघ एकजुट हुनुको विकल्प नभएको सातै संगठनका अध्यक्षले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS