काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १८ सयले बढेर तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको एक लाख ९३ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २३२० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार चाँदी तोलाको २२८५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS