काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS