काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीहरूले चाबहिलस्थित ओम अस्पतालको सेवाहरूमा छुट पाउने भएका छन् ।
उक्त छुट सुविधा उपलब्ध गराउन इन्स्योरेन्स कम्पनीले अस्पतालसँग सम्झौता गरेको छ । सम्झौता अनुसार लाभग्राही समूहले ओम हस्पिटलको उपचारसेवामा १०% छुट प्राप्त गर्ने भएका छन् ।
यस्तै, ‘हेल्थ चेकअप प्याकेज’मा विषेश सहुलियत दिने पनि दुई संस्थाबीच समझदारी भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनु पर्नेछ ।
यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधा लिन सक्ने कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS