काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उपसभापतिका उम्मेदवार चन्द्रकान्त भण्डारी र महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल जित नजिक पुगेका छन्।
आइतबार साँझ ६ बजेसम्म चार हजार एक सय मत गणना भएको छ। अब करिब तीन हजार मत गणना गर्न बाँकी छ।
अहिलेसम्म उपसभापतिमा खुलातर्फ भण्डारी दुई हजार ४५ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेका मधु आचार्यले एक हजार २७८ मत पाएका छन्। खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुनेछन्।
त्यस्तै, उपसभापतिमा गोविन्द भट्टराईले एक हजार ९१, सुरेन्द्रराज पाण्डेले एक हजार ६५, दीपक गिरीले ५७९, धनराज गुरुङले ९०८ र प्रा.डा. चन्द्रमोहन यादवले ३३५ मत पाएका छन्।
यसैगरी, समावेशीतर्फ उपसभापतिमा विनोद चौधरी अग्रस्थानमा छन्। उनले एक हजार २६ मत पाएका छन्।

त्यस्तै, जीवन परियारले ९७९, फरमुल्लाह मंसुरले ५६५, सीता गुरुङले ६७६ र रंजीत कर्णले ३११ मत पाएका छन्।

महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल जित नजिक पुगेका छन्। उनले दुई हजार ३९१ मत पाएका छन्।

त्यस्तै, उदयशम्शेर राणाले एक हजार ३३३, डा. सुनिलकुमार शर्माले एक हजार १७५, अमरसिंह पुन मगरले ८८७, गरुराज घिमिरेले ८२३, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा. सन्तोष उपाध्यायले ५७ मत पाएका छन्।
यसैगरी, महिलातर्फ महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) अग्रस्थामान छिन्। उनले एक हजार ८१६ मत पाएकी छन्।
प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले एक हजार ६३१ मत पाएकी छन्। तेस्रो नम्बरमा रहेकी रीता खनालले ४१० मत पाएकी छन्।