काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अवधिमा बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश दिने क्षमता १४.११ प्रतिशत लाभांश छ ।
असार मसान्तसम्म बैंकको २.७५ प्रतिशतले घटेर सञ्चालन नाफा ८ अर्ब ७७ करोड ५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ९ अर्ब १ करोड ८९ लाख रुपैयाँ थियो ।
चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड ३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
असार मसान्तसम्म बैंकको खराब कर्जा ४.८७ प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा ४.१७ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ ।
FACEBOOK COMMENTS