काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।
उपसभामुख इन्दिरा रानामगर विरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी भएकाले दुबै दलले सांसदहरुलाई छलफलका लागि बोलाएको बताइएको छ ।
उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।
FACEBOOK COMMENTS