काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट गरेकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित आफ्नो सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुलाई एमालेबाट राजनीति गर्न कसैले रोक्न नसक्ने भन्दै आफुले एमालेबाट नै राजनीति गर्ने बताएकी हुन् ।
भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउदै अब पार्टीको कामको मुल्यांकन हुनुपर्ने समेत माग गरेकी छन् । उनले पार्टीका विसंगतिलाई जोडदार रुपमा उठाउने बताउदै सरकारले सुशासन प्रवर्वद्धन गर्न नसकेको टिप्पणी गरेकी छन् ।
उनले भनिन्र जनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टाएको छ। त्यो पनि फस्टाइरहेको छ। त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवर्द्धन गर्न सकिरहेका छैनन्। राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेका छैनन् । राज्यका संयन्त्रहरू पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन।
अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद् नै एउटा निरीह थलो भएर बसिरहेको छ ।काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा राखिएको सम्पर्क कार्यालयको आज उदघाटन गरिएको छ ।
भण्डारी समुहले यसलाई ुमदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनेको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । भण्डारी समितिकी संरक्षक समेत रहेकी छन् ।
मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति यस अघि नै बनाइएको छ ।
अहिले भाडामा लिइएको यसै घरबाट मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएको बताइएको छ । मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् भने अहिले भण्डारीले सोहि घरलाई भाडामा लिएर एमालेमा आफ्नो प्रभाव जमाउने प्रयास गर्ने भएकी छन् ।
FACEBOOK COMMENTS