काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारको समानुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छन् ।
शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रम’मा उनले मदनका विचार वर्तमान नेपाली राजनीतिमा अत्यावश्यक रहेको बताएकी हुन् ।
उनले मदनका विचारको गम्भीर अध्ययन, व्यापक बहस र समयानुकूल विकास गर्ने जिम्मेवारी युवाको काँधमा आएको उल्लेख गरिन् । छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले दीर्घकालीन वैचारिक प्रभाव छाड्न सफल भएको उनले बताइन् ।
मदन भण्डारीले स्थापित गरेको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति रहेको उनले टिप्पणी गरिन् । उनले विगतका राजनीतिक घटनाक्रम र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा पहिचान गर्न मद्दत गर्ने बताइन् ।
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारको समानुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छन् । शनिबार (जेठ ८) आयोजित ‘मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रम’मा उनले मदनका विचार वर्तमान नेपाली राजनीतिमा अत्यावश्यक रहेको बताएकी हुन् ।

उनले मदनका विचारको गम्भीर अध्ययन, व्यापक बहस र समयानुकूल विकास गर्ने जिम्मेवारी युवाको काँधमा आएको उल्लेख गरिन् । छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले दीर्घकालीन वैचारिक प्रभाव छाड्न सफल भएको उनले बताइन् ।

मदन भण्डारीले स्थापित गरेको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति रहेको उनले टिप्पणी गरिन् । उनले विगतका राजनीतिक घटनाक्रम र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा पहिचान गर्न मद्दत गर्ने बताइन् ।

लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताजस्ता विषय अहिले पुनः राष्ट्रिय बहसको केन्द्रमा रहेको बताउँदै उनले मदन भण्डारीले लिएको बाटोमा हिँड्न आग्रह गरे ।
“…उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृतिप्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्तिका रूपमा रहेका छन्,” उनले भनिन् ।