काठमाडौं । नेकपा एमालेले संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि भन्दै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ ।
मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।
‘यस्तो विषय परिस्थितिमा सङ्घीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ ।
साथै, एमालेले प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको पनि एमालेले जनाएको छ ।
FACEBOOK COMMENTS