काठमाडौं । राजनीतिक सङ्कटको टुङ्गो लगाउने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल मलाई सञ्चो भएन भनेर सुतेपछि प्रधानसेनापति अशोकराज सिक्देल फसादमा परेका छन् ।
शीतल निवासमा छलफलका लागि बोलाइएका जेन्जी समूहका नेता सुदन गुरुङले आफूहरू नौ घण्टादेखि राष्ट्रपतिको प्रतीक्षा गरिरहेको बताएका छन् । तर, भित्री स्रोतका अनुसार सेनापति सिक्देल राष्ट्रपति ‘उठ्नुहुन्छ कि’ भनेर आउने–जाने गरिरहेका छन् ।
यसबीच, नागरिक सरकार गठनका लागि संसद् विघटन नगरी सम्भव नहुने सबैले बुझिरहेको सन्दर्भमा राष्ट्रपति संसद् कायम राखेर नै सरकार बनाउने अडानमा देखिएका छन् । यही कारण जेन्जीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की हिजो राति नै ‘संसद् विघटनपछि मात्रै खबर गर्नू’ भन्दै शीतल निवास छाडेर गएकी थिइन् ।
राष्ट्रपतिले समय लम्ब्याउँदै जानु जनजीवनलाई सामान्य बनाउने भन्दा पनि विद्यमान राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचार लगायतका मुद्दाबाट जोगाउने रणनीति भएको आम जनताको बुझाई छ ।
FACEBOOK COMMENTS