काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न जिल्लामा लगाएको निषेधाज्ञा र कर्फ्यु हटाएको छ ।
जेनजी आन्दोलनका कारण उत्पन्न असुरक्षाका कारण लागू गरेको कर्फ्यु तथा निषेधाज्ञा हाल कायम नरहेको सेनाले जनाएको छ ।
सेनाले विगत ४ दिनदेखि निषेधाज्ञा र कर्फ्यु लगाउँदै आएको थियो । आज बिहान ६ बजेबाट निषेधाज्ञा र कर्फ्यु सम्बन्धी कुनै पनि सूचना जारी भएको छैन । यो सँगै आज बिहानैदेखि उपत्यकामा चहलपहल निकै बढेको छ ।
जेनजी आन्दोलन पछि सुशीला कार्की प्रधानमन्त्री बनेकी छिन् । उनले शुक्रबार मध्यराति राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएकी छिन् ।
FACEBOOK COMMENTS