काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स ९यूएई०ले भिसा दिन अस्वीकार गरेको छ ।
नेपाली टिमको पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार ९असोज ३० शृंखलाका निम्ति यूएई उड्ने तालिका थियो । नेपाल क्रिकेट संघ ९क्यान०ले बिहीबार ९असोज २० नै उनीहरूको बिदाइ कार्यक्रम राखेको थियो । तर, खेलाडीले अझै भिसा पाउन सकेका छैनन् ।
प्रक्रिया पूरा भइसके पनि अझै भिसा नआएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । भिसा नआए नेपाल र वेस्ट इन्डिजबीचको यो ऐतिहासिक शृंखला नै रद्द हुने सम्भावना रहेको उनले बताए ।
नेपाली क्रिकेटको इतिहासमा टी–२० विश्वकप विजेतासँग हुन लागेको यो पहिलो शृंखला हो । यसलाई क्यानले ‘युनिटी कप’ नाम समेत दिएको छ ।
शृंखला यही सेप्टेम्बर २६ देखि सुरु हुने तालिका छ । शृंखलाका सबै खेल शारजाह क्रिकेट रंगशालामा हुनेछ । नेपालले सेप्टेम्बर २७ मा शृंखलाको पहिलो खेलको तालिका छ ।
सेप्टेम्बर २९ मा दोस्रो र सेप्टेम्बर ३० मा तेस्रो तथा अन्तिम खेलको तालिका छ ।
FACEBOOK COMMENTS