काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना हातमा केही पनि नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
शनिबार भक्तपुरस्थित गुण्डुमा युवा संघले आयोजना गरेको दशैं विषेश शुभकामना कार्यक्रममा उनले२३ र २४ भदौको घटानाबारे जानकारी गराउँदै यस्तो बताएका हुन्।
‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि मैले राजीनामा गरेको हुँ। त्यसपछि तोडफोड, आगजनी अनेक घटनाहरू घटे’, ओलीले भने। उनले २३ गते गोली कसरी चल्यो भन्नेमा आफू आश्चार्यमा रहेको बताएका छन्।
‘गोली कसरी चल्यो? गोली चल्ने तहमा कसरी पुग्यो मैले सोधेको छु’, उनले भने ‘पछि मैले सुने १४ जनाको निधन भइसक्यो।’ उनले गोली प्रहरीले खुट्टा मुनी हान्नुपर्ने भए पनि टाउको र छातीमा ताकिताकि हानिएको भन्दै त्यसबाट पनि आफू आश्चार्यमा रहेको बताए। ‘मैले सुनेको छु टोउकोमा गोली लागेको छ।
म सोच्दैछु यस्तो किन भइरहेको छ। कसरी रोक्न सकिन्छ यस कुरालाई मैले भन्दैछु’ उनले अगाडि भने ‘देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु। जसले त्यो उप्रदो मच्चाउँछ त्यसले केपी ओली दोषी भन्ने। त्यस घटनाप्रति म स्तब्ध भएको हुँ।’
भोलीपल्ट २४ भदौका दिनपनि अघिल्लो दिनजस्तो घटना नहोस भन्नेमा सचेत रहेको भए पनि त्यसो हुन नसकेको ओलीको दु:खेसो छ। भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएपछि साढे ११ बजेतिर राजीनामा दिएको उनले बताए।
आफूले भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन ओलीको चुनौती
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् ।
शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा उनले जेनजी भनिएको यो सरकार संवैधानिक बाटो र जनताको अभिमतबाट नबनेको बताए ।
आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन ओलीले सरकारलाई चुनौती दिए । आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओलीले भ्रष्टाचार गरेको भए देखाउन सरकारलाई चुनौती दिए ।
“मैले कर्मचारीलाई दिएको निर्देशनहरू रेकर्डेट छन् । ती कुराहरू सरकारले बाहिर ल्याओस्,” प्रहरीलाई दिएको निर्देशन रेकर्डेट छन्,” उनले भने, “अरु क्षेत्रमा गरेका कामहरू रेकर्डेट छन् । बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र गर्दै गर्दैनौँ ।” अध्यक्ष ओलीले एमालेले सधैँ सरकारको नेतृत्व गर्दा छलछाम र षड्यन्त्रका कुनै पनि गतिविधि नगरेको पनि दोहोर्याए ।
FACEBOOK COMMENTS